पोखरामा यी चर्चित र्‍यापर पक्राउ

पोखरा । ‘लाहुरे’ नामले चर्चित भएका र्‍यापर आशिष रानालाई प्रहरीले लागुऔषध प्रकरणमा पक्राउ गरेको छ ।

बुधबार राति पोखराको न्युरोडबाट प्रहरीले रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् ।

रानालाई लागुऔषध मुद्दामा पक्राउ गरेको थापाले बताएका छन् ।

राना हिमालयन रोडिजका निर्णायक पनि हुन् । रानामाथि थप अनुसन्धान भइरहेको छ ।

Published : Thursday, 2021 December 30, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया