कांग्रेसका केन्द्रीय सदस्य गिरीलाई दाङमा भव्य स्वागत, सडकमा उर्लिए तरुण

तुलसीपुर । नेपाली कांग्रेस दाङका नेता कार्यकर्ताले नवनिर्वाचित केन्द्रीय सदस्य गेहन्द्र गिरीलाई भव्य स्वागत गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा गिरी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी सभापति देउवा प्यानलबाट खसआर्यतर्फबाट उम्मेदवार बनेका थिए ।

गिरीलाई तुलसीपुरमा ११ किलोको मालासहित वीपी कोइरालाको शालिक अगाडि सम्मान गरिएको छ ।

गिरीले तुलसीपुर चोकमा रहेको वीपीको शालिकमा माल्यापर्ण पनि गरेका छन् ।

विगतका तिता–मीठाकुरालाई भुलेर कांग्रेसलाई जिताउने गरेर अगाडि बढ्न गिरीले अनुरोध गरेका छन् ।

खुमबहादुर खड्काले दाङमा बनाएको कांग्रेसलाई फेरि त्यही अवस्थामा पु¥याउनुपर्ने केन्द्रीय सदस्य गिरीले बताएका छन् ।

ठूलो संख्यामा रहेका युवाहरूको गिरीलाई मोटरसाइकल ¥यालीसहित तुलसीपुरको वीपी चोकमा नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

नेपाल तरुण दल दाङका जिल्ला सदस्य नवीन योगीले केन्द्रीय सदस्य गिरीलाई ११ किलोको माला लगाइदिएर स्वागत गरेका थिए ।

योगीले ११ वर्षपछि नेता गिरी केन्द्रीय राजनीतिमा पुगेको भन्दै फूलको माला लगाइदिएका हुन् ।

Published : Wednesday, 2021 December 29, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया