चिसोबाट जनताको जीवन बचाउन रुपन्देही कांग्रेसको माग
भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले चिसोका कारण समस्यामा रहेका जनताको जीवन रक्षाका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बुधबार भैरहवास्थित पार्टी कार्यालयमा बसेको पहिलो बैठकले चिसोबाट समस्यामा रहेका जनतालाई सहयोगका लागि जिल्ला प्रशासन कार्यालयसँग आग्रह गर्ने निर्णय भएको सभापति रामकृष्ण खाणले जानकारी दिए ।
केन्द्रीय सदस्यमा बालकृष्ण खाण र अब्दुल रज्जाकलाई रुपन्देही कांग्रेसले बधाई दिएको छ ।
रुपन्देही कांग्रेसले प्रत्येक महिना बैठक बस्नेत निर्णय गरेको छ ।
पुस १६ गते बिहीबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।
रुपन्देही कांग्रेसको आधिकारिक फेसबुक पेज सञ्चालन गरि पार्टीको सूचना सम्प्रेषण गर्ने निर्णय पनि भएको छ ।
सभापति खाणले गाउँदेखि जिल्लासम्म कांग्रेसका कार्यक्रमहरू सञ्चालन गरिने बताए ।
बैठकमा रुपन्देही क्षेत्र नं. १ का सभापति हीराबहादुर केसीले तीन तहको चुनावको तयारीमा लाग्न आफूहरू तयार रहेको बताएका छन् ।
क्षेत्र नं. ३ का सभापति सुशील गुरुङले समाज मौलाएको भ्रष्टाचार रोक्न कांग्रेस सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।
बैठकमा जिल्ला उप–सभापति डा.अनिता शाह र थानेश्वर घिमिरे, सचिव प्रमानन्द भट्टराई, सह–सचिवहरू वासु रिमाल, विष्णु थापा लगायतले शुभकामना राखेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया