काठमाडौंमै दुइटा गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार, ८ जना पक्राउ

काठमाडौं । काठमाडौंमा ३४ वर्षीया महिलालाई ८ जनाको समूहले सामूहिक रुपमा बलत्कार गरेको छ ।

बलत्कार गर्ने समूहका केटाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गेष्ट हाउसमा महिलालाई सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न व्यक्तिहरूल जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानको क्रममा ७ जनालाई मंगलबार र १ जनालाई बुधबार पक्राउ गरेको छ ।

घटनामा संलग्न हाल फरार अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । ती महिला पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी थिइन् ।

ती महिलालाई मुगुका युवराज बडुवालले काम लगाइदिने भन्दै गेस्ट हाउस लगेका थिए । त्यहाँ उनले मुगुकै अर्का साथी हिक्मत नेपालीलाई पनि बोलाएर सामूहिक बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यसको भोलिपल्ट थप ७ जनाले युवतीमाथि बलात्कार गरेको पीडितले बताएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी सुदीप गिरीले बताएका छन् ।

तीन फरक–फरक गेस्ट हाउसमा पु¥याएर पटक–पटक सामूहिक बलात्कार भएको पाइएको प्रहरीको भनाइ छ ।

पीडित महिलाको उजुरीपछि प्रहरीले सामूहिक बलात्कारमा संलग्नहरूको खोजी थालेको थियो ।

पीडित महिलाले भनेको आधारमा सीसीटीभी फुटेज, हुलिया आदिका आधारमा ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, दीपक नेपाली, शिवहरि बुढा, सुरेर सेजुवाल, अर्घाखाँचीको गोपालकुमार शिरिषसहितका छन् ।

पीडित महिलाको स्वास्थ्य जाँच र उपचार गरिएको छ । बलात्कृत भएकी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको एसएसपी गिरीले बताएका छन् ।

Published : Wednesday, 2021 December 29, 1:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया