मकवानपुर कांग्रेसको अधिवेशन २७ गते, बानियाँले कसलाई बनाउँछन् सभापति ?

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पुस २७ गते हुने भएको छ ।

मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँ कांग्रेसको बाग्मती प्रदेश सभापतिमा निर्वाचित भइसकेका छन् । बानियाँले महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वलाई मकवानपुरको जिम्मेवारी दिने तयारीमा छन् ।

मकवानपुर कांग्रेसमा बानियाँको पकड छ । बानियाँलाई कांग्रेसकी नवनिर्वाचित सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि साथ दिँदै आएकी छिन् ।

बानियाँले नयाँ सभापति कसलाई बनाउने हुन् आफ्नो पत्ता खोलेका छैनन् । कांग्रेसलाई बलियो बनाएर अगाडि बढाउन सक्नेलाई नै सभापति बनाउने योजनामा बानियाँ छन् ।

मकवानपुरमा कांग्रेसले सबै वडा र पालिकाहरू तथा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।

मकवानपुरमा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र, १०२ वटा वडा र १० वटा पालिका छन् ।

सभापतिका लागि विष्णुप्रसाद लामिछाने, बुद्ध लामा, आनन्दराम पराजुली, रघुरमण न्यौपाने, अशोक शाक्यलगायतले इच्छा राखेका छन् ।

Published : Wednesday, 2021 December 29, 1:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया