रक्सीको मूल्य आधाभन्दा धेरै घटाउने अध्यक्ष सोमूको घोषणा

आन्ध्र प्रदेश । भारतीय जनता पार्टी (भाजपा) आन्ध्र प्रदेशका अध्यक्ष सोमू वीररजुले भाजपा सत्तामा आउनेवित्तिकै गुणस्तरीय रक्सी सस्तोमा उपलब्ध गराउने घोषणा गरेका छन् ।

आन्ध्र प्रदेशमा भाजपा सत्ताभन्दा बाहिर छ । यो प्रदेशमा रक्सीको मूल्य अत्याधिक धेरै छ । आन्ध्र प्रदेशको एउटा सभालाई सम्बोधन गर्ने क्रममा वीरराजुले रक्सीको मूल्य घटाउने घोषणा गरेका हुन् ।

प्रदेश सरकारमा भाजपा आउनेवित्तिकै भारतीय रूपियाँ ५० मा गुणस्तरीय रक्सीको क्वार्टर बोतल उपलब्ध गराउने अध्यक्ष वीरराजुले बताएका छन् ।

अहिले एक क्वार्टर रक्सी मूल्य भारतीय रुपियाँ २०० पर्छ ।

वीरराजुले राज्य सरकारले नक्कली ब्रान्डको रक्सी उच्च मूल्यमा बिक्री गरिएको आरोप लगाएका छन् ।

आन्ध्र प्रदेशमा मदिरा सेवन गर्ने प्रत्येक व्यक्तिले महिनाको १२ हजार भारु रक्सीमा खर्च गरिरहेको उनले बताएका छन् ।

एक करोड मानिसले रक्सी पिउने गरेको र त्यो एक करोडले भाजपालाई भोट दिनुपर्ने उनको भनाइ छ ।

भाजपा सरकारमा आएमा भारतीय रुपियाँ ७५ मा गुणस्तरीय रक्सीको बोतल उपलब्ध गराइने उनले बताए । राजस्व राम्रो भएमा ५० भारुमै उक्त बोतल उपलब्ध हुने उनले बताएका छन् ।

भाजपाका अध्यक्ष वीरराजुले राज्य सरकारका मानिसहरूको रक्सीको कारखाना भएको आरोप लगाएका छन् ।

सोही कारण तिनीहरूले घटिया रक्सी महँगोमा उपलब्ध गराइरहेको आरोप लगाएका छन् ।

Published : Wednesday, 2021 December 29, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया