सीकेले उत्पात आतंक मच्चाउँदा जनताले दुःख पाए, ‘पाताकसेर’ कारबाही गर्न दवाव

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष सीके राउतले मध्यपूर्वी नेपालको तराई भागका केही जिल्लामा उत्पात आतंक मच्चाएका छन् ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउन केही महिना बाँकी रहेका बेला राउतले आफ्ना कार्यकर्तालाई सडकमा उतारेर आतंक मच्चाएका हुन् । सिरहा, सर्लाही लगायतका जिल्लामा विभिन्न बहानामा राउतले उत्पात मच्चाइरहेका छन् ।

चिसो समयमा जनतालाई न्यानो कपडा दिएर बचाउने बेला राउतले गरिव जनतालाई जवरस्त रुपमा सडकमा उतारेका छन् । राउतले केही दिनदेखि तराईका केही जिल्लामा अशान्ति फैलाइरहेका छन् ।

तराईलाई टुक्र्याएर अलग देश बनाउँछु भनेर उत्पात मच्चाएका राउतले एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका थिए । राउतलाई ओलीको चेलाका रुपमा हेरिएको छ ।

शान्तिपूर्ण राजनीति मुखले बोले पनि राउतले तराईका केही जिल्लाहरूमा अशान्तिपूर्ण हर्कत गरिरहेका छन् ।

सडक दुर्घटनालाई लिएर पनि राउतले प्रदर्शन गर्दै आएका छन् । अपराध गर्ने दोषीलाई कारबाही गर्नुपर्छ । तर, सामान्य कुरामा पनि राउतले देखाएको हर्कतले चिन्ताको विषय बनेको छ ।

प्रदेश नं. २ मा आफूलाई स्थापित गर्न राउतले सडकमा प्रदर्शनदेखि मालबाहक ट्रक जालाउने, सुरक्षाकर्मीमाथि आक्रमण, सामाजिक सञ्जालमा सुरक्षाकर्मीको तस्बिर राखेर दुश्मन जस्तो व्यवहार गर्नेलगायतका हर्कत गर्दै आएका छन् ।

प्रदेश नं. २ मा राउतले जसरी हर्कत गरेका छन् त्यसले जनतालाई समस्या भएको छ । राउतले बन्द आह्वान गरेर जनतालाई दुःख दिएका छन् ।

राउतले धेरै आतंक मच्चाएर उत्पात मच्चाएपछि सामाजिक सञ्जालमा कारबाही गर्न माग उठेको छ । राउतलाई सच्चिन पनि सुझाव दिइएको छ ।

अमेरिकन ‘दलाल’को आरोप खेप्दै आएका राउत पछिल्लो समय भारतसँग निकट मानिन्छन् । राउतले भारतविरुद्ध कुनै पनि गतिविधि गरेका छैनन् ।

Published : Wednesday, 2021 December 29, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया