भीम रावललाई खतिवडाले नाङ्गेझार बनाए, लाजले पानीपानी भए

काठमाडौं । आर्टिकलहरू लेख्दै आएका डम्बर खतिवडाले अमेरिकन मिलेनियम च्यालेञ्ज (एमसीसी)को विरोध गर्दै आएका एमालेका नेता भीम रावललाई नाङ्गेझार बनाएका छन् ।

खतिवडाले ट्वीटमार्फत रावलले पनि एमसीसीलाई सरकारी पैसा दिन सहमति जनाएको दाबी गरेका छन् । रावल उप–प्रधान एवम् रक्षा मन्त्री रहेका बेला बसेको मन्त्रिपरिषद बैठकले एमसीसीलाई नेपाल सरकारको तर्फबाट १ अर्ब ३० करोड दिने निर्णय गरेको खतिवाडले बताएका छन् ।

खतिवडाले भनेका छन्, ‘कमरेड भीम रावल ! २०७२ पुस १० गते र २०७३ असार ३१ गतेको मन्त्रिपरिषद बैठकमा तपाई हुनुहुन्थ्यो वा हुनुहुन्नथ्यो ? ती दिन एमसीसी नेपाल कम्प्याक्टबारे के निर्णय गरेको छ ? फेरि एकपटक हेर्नुस् ।’

‘तपाई पनि मन्त्री रहेको ती दिनको निर्णयप्रति तपाईको कुनै नैतिक दायित्व छ वा छैन ?’, खतिवडाले एमालेका नेता रावलसँग प्रश्न गरेका छन् ।

खतिवडाले भनेका छन्, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीको २०७३ असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले एमसीसीएलाई नेपालतर्फको १ अर्ब ३० करोड निकासा दिने निर्णय गरेको थियो, जुन सरकारको उप–प्रधानमन्त्री तथा रक्षामन्त्री कमरेड भीम रावल थिए ।’

‘सस्तो लोकप्रियताका लागि झुठ र पाखण्डको राजनीति अनैतिकता र बेइमानी बाहेक केही हैन’, खतिवडाले ट्वीटरमा लेखेका छन् ।

एमालेका नेता रावलले पनि खतिवडालाई ट्वीटरमा मेन्सन गर्दै जवाफ दिएका छन् । रावलले आफू त्यो दिनको मन्त्रिपरिषद बैठकमा उपस्थित नभएको दाबी गरेका छन् ।

रावल आफै उप–प्रधान र रक्षा मन्त्री बनेर बसेको आफ्नै पार्टीको सरकारले एमसीसीका लागि १ अर्ब ३० करोड दिने निर्णयलाई गुपचुप राखेर रावलले एमसीसीविरुद्ध उत्पात मच्चाउँदै आएका बेला यति ठूलो रहस्य बाहिर आएको छ ।

ट्वीटरमा रावलले लेखेका छन्, ‘डम्बर जी, तपाईले भन्नुभएका मन्त्रिपरिषदका बैठकमा मेरो उपस्थिति थिएकि थिएन, कम्प्याक्टबारे के कुरा वा निर्णय भएको थियो, फोनमा सोध्नुभएको भए भनिहाल्थें ।’

‘ट्वीटमा सोध्नु भएछ । म रहेको मन्त्रिपरिषदको बैठकमा कम्प्याक्टबारे कुरा भएको थिएन’, रावलले दाबी गर्दै भनेका छन्, ‘देशहित र स्वाधीनताको पक्षमा जहिले पनि उभिनुपर्छ ।’

खतिवडाले रावललाई अझै नाङ्गेझार बनाउँदै ट्वीटरमा लेखेका छन्, ‘त्यो दिन तपाईं बैठकमा हुनु, नहुनुले क्याबिनेट प्रणालीमा कति नै अर्थ राख्ला कमरेड ! तर, त्यसपछि त्यही विषयमा नैतिक दायित्व लिँदै राजीनामा गर्नु भो त ?’

खतिवडाले रावललाई प्रश्न गर्दै भनेका छन्, ‘नेकपा (नेकपा)मा समस्या उत्पन्न हुनुअघि कहिँ कतै बोल्नु भो त ? २०७७ वैखाख ८ सम्म किन मौन रहनु भो ? थाहा नभएर हो त ?’

Published : Tuesday, 2021 December 28, 5:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया