प्रहरीका यी ५५० जनाको असईमा बढुवा

काठमाडौं । नेपाली प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका प्रहरी सहायक निरीक्षक पदमा ५५० जनाको बढुवामा सिफारिसस भएको छ ।

बढुवा समितिमो पुस १२ गते बसेको बैठकले ५५० जना प्रहरी हवल्दारहरूलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवाका लागि सिफारिस गरेको हो । कुनै उजुरी परेन भने उनीहरू सबै असईमा बढुवा हुनेछन् ।

असईमा बढुवाको पहिलो नम्बरमा नारायण पराजुली परेका छन् । दोस्रो नम्बरमा निरु महर्जन श्रेष्ठ र तेस्रो नम्बरमा गिरीसिंह खड्का रहेका छन् । सबैभन्दा पुछार ५५० नम्बरमा लालबाबु राय असई बढुवामा परेका छन् ।

Published : Tuesday, 2021 December 28, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया