होस गुमाएका चिनियाँ ‘एजेन्ट’ ज्ञानबहादुरद्वारा प्रधानमन्त्री देउवाको अपमान

काठमाडौं । आफूलाई कथित सामाजिक अभियन्ता दाबी गर्ने ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले चिनियाँको ‘दलाली’ गरेको खुलासा भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर शाहीले एमसीसीको बिरोध गरेका छन् । शाही एमसीसीको चर्को बिरोधी हुन् । शाहीलाई चीनको एजेन्टका रुपमा सामाजिक सञ्जालमा आलोचना भएको छ ।

शाहीले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध दिएको अभिव्यक्ति निकै तल्लोस्तरको रहेको छ । शाहीले आफूलाई बौद्धिक बताउन चाहन्छन् । तर, आफूले दिने अभिव्यक्तिले देउवाको मानमर्दन भएको छ ।

एमसीसीलाई चीनले नेपाल छिर्न दिन खोजेको छैन । चीनलाई फाइदा हुने गरेर शाहीले एमसीसीको बिरोध गरिरहेका छन् ।

एमसीसी नेपाल प्रवेश हुनेवित्तिकै नेपालको विकास हुने देखेपछि चीनले नेपाललाई आफ्नो होल्डबाट बाहिर जान दिन खोजेको छैन ।

अमेरिकाले एमसीसीको नाममा ठूलो रकम निःशुल्क दिन थालेको छ । यो रकमलाई सैनिक रणनीतिसँग जोडेर चीन निकटका कथित अभियन्ताहरूले विरोध गर्दै आएका छन् ।

शाहीले होस गुमाउँदै भनेका छन्, ‘हाम्रो बाजे प्रधानमन्त्री देउवाले यो एमसीसी सम्झौता पढेको छैन भन्नुभयो, यो सम्झौता ७७ पृष्ठ लामो छ ।

ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नुभएको छ । नेपालका धेरै नागरिकले पढ्नुभएको छ । बरु, उहाँले पढ्नुभएको छैन ।’

Published : Tuesday, 2021 December 28, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया