भैरहवामा लुम्बिनी कांग्रेसको कार्यक्रम, नयाँ कार्यसमितिले शपथ लिने

भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापतिसहितका पदाधिकारी र सदस्यहरूले शपथ लिने भएका छन् ।

प्रथम अधिबेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले पुस १५ गते बिहीबार भैरहवामा शपथ लिने कार्यक्रम रहेको उप–सभापति राजु खनालले जानकारी दिए ।

शपथ कार्यक्रम नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा दिउँसो १ बजे हुनेछ ।

कार्यक्रममा लुम्बिनी कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थिति रहनेछ ।

अधिवेशनबाट सभापतिमा अमरसिंह पुन निर्वाचित भएका थिए । पुनसँग सभापतिमा भरतकुमार शाह पराजित भएका थिए ।

Published : Tuesday, 2021 December 28, 10:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया