विश्वप्रकाश पोखरा जाने, कांग्रेसको कार्यक्रममा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पुस १६ गते पोखरामा हुने मेलमिलाप दिवसका अवसरमा सहभागी हुन जाने भएका छन् ।
नेपाली कांग्रेस कास्कीले पुस १६ गते बिहान ११ बजे राखेको ४६औँ मेलमिलाप दिवस कार्यक्रममा सहभागी हुनेछन् । शर्माले कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
पोखराको चिप्लेढुंगामा रहेको पार्टी कार्यालयमा उपस्थित हुन नेता कार्यकर्ताहरूलाई आग्रह गरिएको छ ।
शर्मा नेता प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । महामन्त्रीमा उनले गगनकुमार थापापछि दोस्रो नम्बरमा मत
लिएर विजयी भएका थिए ।
Published : Tuesday, 2021 December 28, 9:12 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया