कांग्रेसका यी १६ जिल्लामा पुस अन्तिममा अधिवेशन गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका बाँकी रहेका १६ जिल्लाहरूको अधिवेशन पुस २७ गते हुने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सोमबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले सप्तरी, सिरहा, धनुषासहितका जिल्लामा पुस २७ गते निर्वाचन गर्ने निर्ण गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिअनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायतका १६ जिल्लामा अधिवेशन हुनेछ ।

Published : Monday, 2021 December 27, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया