‘टिम देउवा’लाई साथ दिन उम्मेदवारी फिर्ता लिएको हुँ, सफल भयौँ : मन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले कांग्रेसको केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिँदा पनि शुभेच्छुकहरूले दिएको माया र सद्भावप्रति आभार प्रकट गरेका छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित हुने सम्भावना हुँदाहुँदै पनि मन्त्री शर्माले टिमका लागि कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी फिर्ता लिएका थिए ।
उनले सभापतिमा शेरबहादुर देउवालाई जिताउने र पदाधिकारी तथा सदस्यहरूमा ‘टिम देउवा’ले जितोस् भनेर उम्मेदवारी फिर्ता लिएर सहयोग गरेको बताएका छन् ।
तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन नसकेपनि शर्माले प्रेस विज्ञप्ति जारी गरेर आफूले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएको जनाएका थिए । तैपनि मन्त्री शर्मालाई मत पाएका थिए ।
‘नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खसआर्यतर्फको खुला केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएकाले मतदानको प्रतिस्पर्धाबाट म पछि हटेको जानकारी गराउँछु’, मन्त्री शर्माले मतदान हुनुभन्दा अगाडि जारी गरिएको विज्ञप्तिमा भनिएको थियो ।
‘मैले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग पुगोस भनेर प्रतिस्पर्धाबाट हटेकाले मलाई मतदान नगर्नु हुन सबै महाविधेशन प्रतिनिधिज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु’, उनले त्यस बेला भनेका थिए ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया