महन्थ ठाकुर ‘फरार’, बबरमहलमा ‘बबाल’

काठमाडौं । महन्थ ठाकुरको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र भाँडभैलो भएको छ ।

ठाकुरले आफू खुसी पार्टीभित्र मनोनयन र नियुक्तिहरू गरेपछि विरोध भएको हो । आइतबार ठाकुरलाई भेट्न आएका नेता कार्यकर्ताले काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा घेराउ समेत लगाएका छन् । ठाकुरविरुद्ध नारावाजी गरेका छन् ।

लोसपाका अध्यक्ष ठाकुरले प्रदेश २ मा पार्टीका प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरू एकलौटी ढंगले नियुक्त गरेपछि बबाल भएको छ । अध्यक्ष ठाकुरले गरेका एकलौटी निर्णय सच्याउनुपर्नु माग असन्तुष्ट समूहको छ ।

लोसपा नेपालकी नेतृ विन्दु ठाकुरले अध्यक्ष महन्थ ठाकुरलाई पार्टीभित्र एकलौटी बनाउन खोजेको आरोप लगाएकी छिन् । असन्तुष्ट समूहका नेताहरूले भेट्न खोजेपछि अध्यक्ष ठाकुर फरार भएको आरोप पनि लगाइएको छ ।

पार्टी विधान अनुसार अध्यक्षले केन्द्रिय कार्य समितिमा छलफल गरेर मात्रै नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

अध्यक्ष ठाकुरले आफू निकटका नेताहरूलाई धमाधम भर्ती गरेपछि लोसपाभित्रको विवाद बाहिर आएको छ ।

Published : Sunday, 2021 December 26, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया