ओली–प्रचण्डको सम्बन्ध सुधार, पोखरेल आफैले दिए शुभकामना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशनमा एमाले सहभागी भएर शुभकामना दिएको छ ।

एमालेका महासचिव शंकर पोखरेल माओवादीको सम्मेलनमा उपस्थित भएर शुभकामना दिएका हुन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग फोनमा कुरा गरेर निम्तो दिएका थिए ।

ओली झापामा थिए । झापाबाट आउन असम्भव भएपछि ओलीले महासचिव पोखरेललाई माओवादीको सम्मेलनमा शुभकामना दिन पठाएका थिए ।

दाहालले नै ओलीलाई फोन गरेर निम्तो पठाएको बताए । आइतबार बिहान ओली र प्रचण्डबीचको टेलिफोन वार्ताले एमाले र माओवादीबीचको सम्बन्ध सुधारका रुपमा लिइएको छ ।

एमालेको चितवनमा भएको राष्ट्रिय सम्मेलनमा माओवादीले बहिस्कार गरेको थियो । प्रचण्डलाई ओलीले बोलाएका थिए । तर, प्रचण्ड गएका थिएनन् ।

महासचिव पोखरेललाई पठाएर एमालेका अध्यक्ष ओलीले माओवादीका अध्यक्ष प्रचण्डलाई सरप्राइज दिएका छन् ।

Published : Sunday, 2021 December 26, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया