यी कम्युनिस्ट झापाली शपुतलाई नानाभाँती उपाधि

दमक । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई गृहजिल्ला झापामा पार्टीका नेता कार्यकर्ताले अभिनन्दन गरेका छन् ।

एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएको खुसीयालीमा ओलीलाई अभिनन्दन गरिएको हो ।

एमालेको झापा जिल्ला कमिटीले ओलीलाई अभिनन्दन गरेको हो । झापाबाट निर्वाचित स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरूलाई सम्मान गरिएको छ ।

एमालेको झापा जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठक र सचिव मदन अधिकारीले हस्ताक्षर गरेको अभिनन्दन पत्रमा ओलीलाई झापाली शपुत भनिएको छ ।

सम्मान पत्रमा ओलीलाई झापाली शपुत, प्रखर राष्ट्रवादी राजनेता, लोकतन्त्रका महानायक, सुखी नेपाली, समृद्ध नेपालका स्वप्नद्रष्टा र आम नेपालीका अभिभावकको उपमा र उपाधि दिइएको छ ।

ओलीलाई दिइएको अभिनन्द पत्र झण्डै ओली जत्तिकै अग्लो छ ।

Published : Sunday, 2021 December 26, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया