यी कम्युनिस्ट झापाली शपुतलाई नानाभाँती उपाधि
दमक । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई गृहजिल्ला झापामा पार्टीका नेता कार्यकर्ताले अभिनन्दन गरेका छन् ।
एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएको खुसीयालीमा ओलीलाई अभिनन्दन गरिएको हो ।
एमालेको झापा जिल्ला कमिटीले ओलीलाई अभिनन्दन गरेको हो । झापाबाट निर्वाचित स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरूलाई सम्मान गरिएको छ ।
एमालेको झापा जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठक र सचिव मदन अधिकारीले हस्ताक्षर गरेको अभिनन्दन पत्रमा ओलीलाई झापाली शपुत भनिएको छ ।
सम्मान पत्रमा ओलीलाई झापाली शपुत, प्रखर राष्ट्रवादी राजनेता, लोकतन्त्रका महानायक, सुखी नेपाली, समृद्ध नेपालका स्वप्नद्रष्टा र आम नेपालीका अभिभावकको उपमा र उपाधि दिइएको छ ।
ओलीलाई दिइएको अभिनन्द पत्र झण्डै ओली जत्तिकै अग्लो छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया