कांग्रेससँगको गठबन्धन भत्काउने कुरा चलेकै बेला ओली र प्रचण्डबीच वार्ता

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्काउन विभिन्न हर्कत र गतिविधि भइरहेका बेला माओवादी केन्द्रीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग वार्ता गरेका छन् ।

आइतबार बिहान दाहालले ओलीलाई फोन गरेर माओवादीको राष्ट्रिय सम्मेलनको निम्तो दिएका हुन् । दाहाल र ओलीबीच टेलिफोनमा मुलुकको पछिल्लो राजनीतिक घटना क्रमका विषयमा पनि परामर्श भएको बुझिएको छ ।

ओली र दाहालबीच तिक्तता बढिरहेका बेला टेलिफोनमा सम्वाद भएको छ । राष्ट्रिय सभाको निर्वाचन आइरहेको छ । स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचन नि आउँदै छन् । ओलीले कांग्रेससँगको गठबन्धन भत्काउन खोजीरहेका छन् ।

कांग्रेससँग गठबन्धन गरेका माओवादीका अध्यक्ष दाहालले अचानक ओलीलाई टेलिफोन गरेर सम्बन्ध सुधारको संकेत गरेका छन् ।

दाहाल र ओलीबीच पानीबाराबारको अवस्था छ । कांग्रेसको १४औँ महाधिवेशनमा दाहाल र ओली तथा माधव नेपालहरू एउटै मञ्चमा देखिएका थिए ।

Published : Sunday, 2021 December 26, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया