रश्मिलाज् फेसियल हाउसले मनायो १४औँ वार्षिक उत्सव, कर्मचारीहरू सम्मानित

काठमाडौं । रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटिकेयरले आफ्नो चौधौँ वार्षिक उत्सव भव्य कार्यक्रम गरेर मनाएको छ ।

काठमाडौंको गंगबुस्थित बिजी मलमा रश्मिलाजले वार्षिक उत्सव मनाएको हो । १४ वर्ष अगाडि स्थापना भएको रश्मिलाजका काठमाडौंमा तीन वटा शाखा छन् ।

सुन्धारास्थित काठमाडौं मल, गंगबुको बिजी मल र बालाजुको बुद्ध मलमा रश्मिलाजको शाखाहरू छन् । रश्मिलाजले आफ्नो १४औँ वार्षिक उत्वसव मनाउँदै गर्दा काठमाडौं मलमा गुणस्तरीय सेवासहितको ग्राउण्ड फ्लोरमा उपभोक्तालाई सेवा दिन थालेको छ ।

शनिबार अभिनेत्री करिश्मा मानन्धरको विशेष उपस्थितिमा रश्मिलाजले आफ्ना कामदार, शुभेच्छुकहरूसँग वार्षिक उत्सव मनाएको छ ।

रश्मिलाजका कर्मचारीहरूलाई सम्मान र पुरस्कृत गरिएको रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाशकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

अभिनेत्री मानन्धरले पर्दामा देखिरहनुपर्ने भएकाले आफूलाई सुन्दताको महत्वको ज्ञान रहेको बताएकी छिन् । उनले रश्मिलाज फेसियल हाउसको सेवाबाट आफू निकै प्रभावित बनेको बताएकी छिन् ।

रश्मिलाजसँग जोडिएका कारण आफ्नो सुन्दतामा निखार आएको अभिनेत्री मानन्धरले उल्लेख गरेकी छिन् ।

रश्मिलाज फेसियल हाउस जस्ता व्यटीपार्लरले हजारौं ग्रहकलाई सुन्दर बनाएको पनि मानन्धरले बताएकी छिन् ।

अभिनेत्री मानन्धरले १०० भन्दा बढी कर्मचारलाई रोजगार दिएर रश्मिलाज फेसियल हाउसले एउटा उद्योगको रुपमा स्थापित भएको भन्दै खुसी व्यक्त गरेकी छिन् ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौं भन्ने उदेश्यले १४ वर्षअघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको बताइन् ।

यसबाट सैयौंले रोजगार प्राप्त प्राप्त गर्नुका साथै आफूहरूले मासिक रुपमा हजारौं ग्राहकलाई सौन्दर्य सम्बन्धीपूर्ण सेवा दिन सकेको बताएकी छिन् ।

रश्मिलाज फेसियल हाउसका संरक्षक श्रेष्ठले विशेषतासँगै यसको आगामी योजनाबारे कार्यक्रममा जानकारी गराएका थिए ।

कार्यक्रममा ब्रानबोर्ड टाउन केन्टकी अमेरिकाका नगरपालिका सदस्य रामचन्द्र श्रेष्ठ, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी, निर्माण व्यबसायी संघ धादिङका अध्यक्ष रमेशकुमार श्रेष्ठले पनि रश्मिलाज फेसियल हाउसलाई शुभकामना दिएका थिए ।

Published : Saturday, 2021 December 25, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया