तीन वटै तहको निर्वाचनका लागि सरकार तयार छ : गृहमन्त्री खाण

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन् ।

शनिबार गोरखामा पत्रकारहरूसँग कुरा गर्दै खाणले स्थानीय तह र आम निर्वाचनको पनि चर्चा चलिरहेको उल्लेख गर्दै अब हुने तीनै तहका निर्वाचनका लागि सबै तयार हुनुपर्ने बताए ।

उनले भने, ‘आगामी निर्वाचनको सम्पूर्ण तयारी गर्न निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गरेको छ ।’

‘सरकारले आयोगले भनेको जसरी नै तयारी र पूर्वतयारी गर्दै जान्छ’, गृहमन्त्री खाणले भनेका छन् ।

निर्वाचनमा सहयोग पु¥याउने सरकारको दायित्व भएको उनले बताएका छन् । आयोगले ल्याउने प्रस्तावअनुसार सरकारले आफूलाई प्रस्तुत गर्ने खाणले बताएका छन् ।

उनले एमसिसीलाई टुङ्गोमा पु¥याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन् ।

खाणले एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएको बताए । एमसिसीका बारेमा सबै सकारात्मक हुनुपर्ने उनले बताएका छन् ।

गृहमन्त्री खाणले भने, ‘यो कुनै सैन्य गठबन्धन होइन, विद्युत् प्रसारण लाइन र सडक निर्माण, गरिबी निवारण र रोजगारी वृद्धिका लागि यो परियोजना नेपालले नै प्रस्तुत गरेको हो ।’

यसैबीच, गृहमन्त्री खाण गोरखा वाणिज्य संघको कार्यक्रममा सहभागी भएका छन् ।

संघको ४६औँ साधारण सभा तथा १६औँ अधिवेशनलाई खाणले शनिबार गोरखामा उद्घाटन गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र सुरेन्द्र भण्डारी, नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 December 25, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया