कांग्रेसीहरू मिलेर चुनावमा कम्युनिस्ट र प्रतिस्प्रधीहरूलाई हराउने हो : नेता कुमाल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद नगेन्द्रकुमार कुमालले आगामी निर्वाचनहरूमा मिलेर जानुपर्ने बताएका छन् ।

पार्टीभित्रको महाधिवेशनको आन्तरिक प्रतिस्पर्धालाई भुलेर निर्वाचनमा जित्ने गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘कोही हामी हारेको छैनौं । विजेता र उप–विजेतामात्रै भएका होऔं’, उनले भने, ‘प्रतिस्पर्धा त बिपक्षीसँग गर्ने हो ।’

नेता कुमालले भने, ‘आइसक्यो चुनावै चुनाव मिलेर अघि बढौं ।’

‘स्वदेश तथा विदेशबाट नेपाली काग्रेसको १४औ महाधिवेशनमा सहभागी भै नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानको मर्मअनुसार, संविधानको कार्यान्वयन र लोकतन्त्र र संघीयतालाई बलियो बनाउँदै लाने कांग्रेसको काँधमा रहेको मूल जिम्मेवारी पूरा गर्दै गएको आम नेपाली नागरिकलाई आभास भएको छ’, उनले भनेका छन् ।

‘यो नै सबै कांग्रेसीजन र हामी सबै एउटै परिवारभित्रको प्रतिस्पर्धीको जित हो’, कांग्रेस नेता कुमालले भनेका छन् ।

‘लोकतन्त्रमा बहुमतको कदर र कम मतको पनि सम्मान हुन्छ हामीले सिकेको र सिकाएको पनि त्यहि हो’, उनले भनेका छन् ।

‘नेतृत्वमा पुग्नु भएकाले मात्र पार्टी चलाउने, अरु प्रतिस्पर्धी रमिते ? त्यो हुन सक्दैन, सत्य त राजनीति एउटा लामो रेस हो निरन्तर दौडीरहनुपर्छ’, उनले भनेका छन्, ‘म तपाईहरूप्रति कृत्यज्ञता व्यक्त गर्दै, तपाईहरूको अपार माया सदभाव, सहयोगको सदा कदर गर्दै निरन्तर दौडीरहनेछु ।’

उनले भने, ‘विश्वास दिलाउन चाहान्छु म मा कुनै बिचलनको छाँया पनि तपाई महाधिवेशन प्रतिनिधिहरूले देख्न पाउनुहुने छैन ।’

‘नेतृत्वमा पुग्नुहुने सम्पूर्ण व्याक्तित्वहरूमा हार्दिक बधाई दिँदै पार्टीलाई बिधान सम्मत अघि बढाऔं’, उनले भने, ‘चुनावै चुनाव (स्थानीय र आमनिर्वाचन) अब छिटै आउँदै छ । सबै कांग्रेसीजन मिलेर प्रतिस्प्रधीलाई त्यों बेला पराजित गरौं ।’

नेता कुमालले कांग्रेसको केन्द्रीय सदस्यतर्फ खुलामा उम्मेदवारी दिएका थिए । १३९१ मतसहित कुमाल पराजित भएका थिए ।

Published : Saturday, 2021 December 25, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया