तरुण विभागका सचिवले केन्द्रीय सदस्यमा ९० भोट कटाउन सकेनन्, जमानत जफत
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा श्यामप्रसाद श्रेष्ठ पराजित भएका छन् ।
बिहीबार राति सार्वजनिक भएको अन्तिम मतपरिणाममा श्रेष्ठले जम्मा ८५ मत पाएका थिए । श्रेष्ठले एक सय मत कटाउन सकेनन् ।
वैदेशिक रोजगार व्यवसायी समेत रहेका श्रेष्ठ नेपाली कांग्रेसको तरुण विभागका सचिव पनि हुन् । श्रेष्ठले आदिवासी जनजाती खुलातर्फ उम्मेदवारी दिएका थिए ।
तरुण विभागको सचिव रहेको नेताले १ सय भोट कटाउन नसकेपछि खैलाबैला भएको छ । श्रेष्ठले चाकढी र पैसाका भरमा राजनीति गरेका रहेछन् भन्ने पुष्टि भएको छ ।
तरुण विभागको केन्द्रीय कार्यालयमा अहँकार देखाएर बसेका श्रेष्ठलाई कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले सबक सिकाएका छन् ।
श्रेष्ठ पराजित भएपछि उनका आलोचकहरूले कांग्रेसको केन्द्रीय सदस्य पदमा जमानत जफत भएको भनेर चर्चा गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया