तरुण विभागका सचिवले केन्द्रीय सदस्यमा ९० भोट कटाउन सकेनन्, जमानत जफत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा श्यामप्रसाद श्रेष्ठ पराजित भएका छन् ।

बिहीबार राति सार्वजनिक भएको अन्तिम मतपरिणाममा श्रेष्ठले जम्मा ८५ मत पाएका थिए । श्रेष्ठले एक सय मत कटाउन सकेनन् ।

वैदेशिक रोजगार व्यवसायी समेत रहेका श्रेष्ठ नेपाली कांग्रेसको तरुण विभागका सचिव पनि हुन् । श्रेष्ठले आदिवासी जनजाती खुलातर्फ उम्मेदवारी दिएका थिए ।

तरुण विभागको सचिव रहेको नेताले १ सय भोट कटाउन नसकेपछि खैलाबैला भएको छ । श्रेष्ठले चाकढी र पैसाका भरमा राजनीति गरेका रहेछन् भन्ने पुष्टि भएको छ ।

तरुण विभागको केन्द्रीय कार्यालयमा अहँकार देखाएर बसेका श्रेष्ठलाई कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले सबक सिकाएका छन् ।

श्रेष्ठ पराजित भएपछि उनका आलोचकहरूले कांग्रेसको केन्द्रीय सदस्य पदमा जमानत जफत भएको भनेर चर्चा गरेका छन् ।

Published : Friday, 2021 December 24, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया