शिक्षा क्षेत्रका समस्याको समाधान कांग्रेसले गर्छ : सभापति बानियाँ
त्रिपुरासुन्दरी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा कांग्रेसले काम गर्ने बताएका छन् ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–६ छाप्थोकस्थित सुन्दरी माविको ६०औं वार्षिकोत्सव कार्यक्रममा बानियाँले विगतदेखि नै कांग्रेस शिक्षा क्षेत्रलाई प्राथमिकता दिंदै आएको बताए ।
उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने बताएका छन् ।
अब हरेक सामुदायिक विद्यालयले दक्ष एवम् प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने सभापति बानियाँले बताएका छन् ।
उनको सुन्दरी माविको शैक्षिक एवम् भौतिक सुधारका लागि पहल गर्नेे बताएका छन् ।
विद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको प्रधानाध्यापक खड्कप्रसाद बुर्लाकोटीले जानकारी दिएका छन् ।
सभापति बानियाँले त्रिपुरासुन्दरी–६ आगिञ्चोकस्थित अस्थायी प्रहरी चौकीको समेत उद्घाटन गरेका छन् ।
कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, कांग्रेस नेता तिलक रूवाली लगायतको उपस्थिति रहेको थियो ।





बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया