यी चर्चित महिला नेतृहरू कांग्रेसको केन्द्रीय सदस्यमा गर्ल्याम्मै ढले

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा काठमाडौं महानगरपालिकाकी उप–मेयर हरिप्रभा खड्गी पराजित भएकी छिन् ।

बिहीबार राति कांग्रेसको केन्द्रीय निर्वाचिन समितिद्वारा जारी विज्ञप्तिअनुसार खड्गी पराजित भएकी हुन् । उनले जम्मा ८३८ मत मात्रै पाएकी छिन् ।

उप–मेयर खड्गीले केन्द्रीय सदस्य आदिवासी जनजाती महिला खुलातर्फको ७ पदमा उम्मेदवारी दिएकी थिइन् ।

प्रतिनिधि सभाकी सांसद हीरा गुरुङ पनि पराजित भएकी छिन् । गुरुङले जम्मा ३१५ मत पाएकी छिन् ।

पूर्वसांसद उषा गुरुङ पनि पराजित भएकी छिन् । उषाले १७३६ मत पाएकी थिइन् ।

प्रतिनिधि सभाकी सांसद प्रमिला राई पनि पराजित भएकी छिन् । राईले १६१३ मत पाएर पराजित भएकी हुन् ।

नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले पनि पराजित भएकी छिन् । घलेले जम्मा ४५९ मत पाएकी थिइन् ।

रत्न शेरचन पनि पराजित भएकी छिन् । शेरचनले १५३४ मत पाएकी थिइन् ।

कांग्रेसको केन्द्रीय सदस्य खस आर्य महिला ६ पदमा पनि नाम चलेका चर्चित महिला नेतृहरू पराजित भएका छन् ।

नेपाल विद्यार्थी संघकी मनोनीत ‘टीके’ महामन्त्री उर्मिला थपलिया पराजित भएकी छिन् । थपलियाले ६४५ मत पाएकी थिइन् ।

कल्याणी रिजाल पनि पराजित भएकी छिन् । रिजालले ६३६ मत पाएकी थिइन् ।

नेविसंघकी नेतृ एवम् पद्मकन्या क्याम्पसको स्ववियुकी पूर्वसभापति विनिता अधिकारी पनि परिाजित भएकी छिन् । अधिकारीले ४२२ मत पाएकी छिन् ।

यसअघि, केन्द्रीय सदस्यमा पार्वती डिसी चौधरी थारु खुलातर्फ पराजित भएकी छिन् । प्रतिनिधि सभाको सांसद समेत रहेकी चौधरीले ५६३ मत पाएकी थिइन् ।

केन्द्रीय सदस्यमा राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटा पनि पराजित भएकी छिन् । देवकोटाले १६८५ मत पाएकी थिइन् ।

केन्द्रीय सदस्य मधेशी महिलातर्फ प्रतिनिधि सभाकी सांसद किरण यादव पनि पराजित भएकी छिन् । यादवले २७२२ मत पाएकी थिइन् ।

बाग्मती प्रदेशकी सांसद बिजुला राणा बर्मा पनि पराजित भएकी छिन् । बर्माले १५५० मत पाएर पराजित भएकी हुन् ।

नेविसंघकी ‘टीके’ उपाध्यक्ष तुलसा पन्त पनि पराजित भएकी छिन् । पन्तले ३७८ मत पाएकी थिइन् ।

चर्चित नेत धना खतिवडा पनि पराजित भएकी छिन् । खतिवडाले जम्मा ५२० मत पाइन् । केन्दीय सदस्य दलित महिलातर्फ प्रतिनिधि सभाकी सांसद विमला नेपाली पनि पराजित भएकी छिन् । नेपालीले १५७६ मत पाएकी थिइन् ।

Published : Thursday, 2021 December 23, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया