कांग्रेस केन्द्रीय सदस्यमा गुरुङ टप फाइभभित्र निर्वाचित, दिए धन्यावाद
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।
बिहीबार राति सानेपामा सम्पन्न मतगणनाअनुसार गुरुङ ५औँ स्थानमा सर्वाधिक धेरै मत ल्याएर निर्वाचित भएका हुन् । गुरुङले १९०६ मत पाएका थिए । गुरुङ सभापति शेरबहादुर देउवाको प्यानलमा परेका थिए ।
पूर्वमन्त्री समेत रहेका गुरुङले आदिवासी जनजातीतर्फ ८ पदमा उम्मेदवारी दिएका थिए । उनले टप थ्रीभित्र मत ल्याउने अनुमान गरेका थिए ।
नाम जुधेका कारण गुरुङको मत अर्का उस्तै नाम गरेका नेतालाई परेपछि भोट काटिएको थियो । तैपनि गुरुङले ५औँ स्थानमा मत ल्याएर जितेका छन् ।
जनजातीतर्फ १६ जनाले उम्मेदवारी दिएका थिए ।
मनाङ कांग्रेस दुई कार्यकाल सर्वसम्मत कार्यसमिति बनाएर सभापतिका जिम्मेवारी सम्हालेका गुरुङ प्रतिनिधि सभाका निर्वाचित पूर्वसांसद समेत हुन् ।
मनाङ कांग्रेसमा वडादेखि जिल्ला नेतृत्वसम्म सर्वसम्मत गराएर जिम्मेवारी हस्तान्तरण गरेका गुरुङले आफूलाई मतदान गरेर निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिहरूलाई धन्यावाद दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया