कांग्रेस केन्द्रीय सदस्यमा खस आर्यतर्फ सात जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य पुरुषतर्फ ७ जना निर्वाचित भएका छन् ।

पार्टी कार्यालय सानेपामा सम्पन्न मतगणनामा ७ जना निर्वाचित एका हुन् । निर्वाचितमध्ये ६ जना शेरबहादुर देउवा पक्षका छन् । एक जना शेखर कोइराला समूहकाले जितेका छन् ।

निर्वाचित हुनेमा केशव बुढाथोकी, गोविन्द शाह, भीम पराजुली, श्यामप्रसाद घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी र मधु आचार्य विजयी भएका छन् ।

७ जना निर्वाचित हुने खस आर्य पुरुषतर्फ ११ जनाको उम्मेदवारी दिएका थिए ।

Published : Thursday, 2021 December 23, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया