कांग्रेसको केन्द्रीय सदस्य महिलातर्फ मञ्जुले गरिन् कमाल, गगन–विश्वप्रकाश खुसी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खस आर्य महिला पदमा ६ जना नेतृहरू निर्वाचित भएका छन् ।

बिहीबार ललितपुरमा सम्पन्न मतगणनाअनुसार ६ जना महिला नेतृहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । नेतृ मञ्जु खाणले सबैभन्दा धेरै लोकप्रिय मत पाएकी छिन् । उनले २१३५ मत पाएकी छिन् ।

नानु बास्तोलाले २०११, चम्पादेवी खड्काले १८७८, प्रतिमा गौतमले १८५६ मतपाएकी छिन् ।

गौतम बाहेक सबै शेरबहादुर देउवाको प्यानलका हुन् । गौतम नेता शेखर कोइराला समूहको प्यालनकी हुन् ।

कान्तिका सेजुवालले १८५२ र विद्यादेवी तिमिल्सिनाले १७९१ सहित केन्द्रीय सदस्यमा जित हासिल गरेकी छिन् ।

नेतृ खाणले गगन थापा र विश्वप्रकश शर्माले जस्तै लोकप्रिय मत पाएकी हुन् ।

Published : Thursday, 2021 December 23, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया