ओली ढल्ने गरेर लगाइदिए माला, सूर्य थापा चकित

वीरगञ्ज । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई आफ्नै पार्टीका नेताहरूले १ सय ५१ किलाको माला लगाइदिएका छन् ।

बिहीबार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा ओलीको स्वागतमा १ सय ५१ किलोको माला लगाइदिएका हुन् । गाउँपालिकाका अध्यक्ष जालिम मियाँले ओलीलाई मालाले स्वागत गरेको जनाइएको छ ।

केही समय अगाडि गृह मन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई कार्यकर्ताले फूलको माला लगाइदिँदा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भद्दा टिप्पणी गरेका छन् ।

थापाले अत्यन्तै छुद्र भाषा प्रयोग गरेर ट्वीटरमा लेखेका थिए, ‘लोकतन्त्रवादबाट आत्मप्रशंसाको भद्दा व्यक्तिपूजा, भारतीय आयातीत मालामा गजक्क गृहमन्त्री बाकृखाँ ! लज्जास्पद व्यवहार – पतनको बाटो ।’

ओलीलाई मियाँले बारामा कहाँबाट आयात गरेर माला लगाइदिएका हुन् ? सल्लाहकार थापाले जवाफ दिन्छन् कि दिँदैनन् भनेर प्रश्न उब्जिएको छ ।

ओलीले १५१ किलाको माला लगाउँदा जायज हुने कांग्रेसका नेताले त्यही माला लगाउँदा नानाभाँती देख्ने एमालेका नेता थापाको छुद्र टिप्पणी र बुद्धिको आलोचना हुँदै आएको छ ।

गाउँपालिकाका अध्यक्ष मियाँ माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका छन् । ओलीले मियाँलाई एमालेमा प्रवेश गराएका छन् ।

गाउँपालिकाका जालिम मियाँ बेलाबेला विवादमा आउने गरेका छन् । उनलाई आतंकवादसँग जोडेर पनि समाचार आएका थिए । पछि मियाँले खण्डन गरेका थिए । मियाँलाई नेपाल–भारत सिमानामा तस्करी गरेको आरोप पनि लाग्ने गरेका छन् ।

Published : Thursday, 2021 December 23, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया