कांग्रेस केन्द्रीय सदस्य दलिततर्फ ९ जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुला दलिततर्फ महिला र पुरुषमा ९ जना निर्वाचित भएका छन् ।

बुधबार राति सम्पन्न मतगणनाअनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

खुला केन्द्रीय सदस्यमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल बाल्मिकी निर्वाचित भएका छन् । रसाइलीबाहेक सबै शेरबहादुर देउवा निकटा हुन् ।

चार महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् । महिलातर्फ निर्वाचित चार जना नेतृहरू देउवा समूहका उम्मेदवार हुन् ।

Published : Thursday, 2021 December 23, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया