जनकपुरमा कांग्रेसको मतदान शुरु, बलियो सभापति को ?

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं. २ को महाधिवेशनअन्तर्गत आज मतदान भएको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । शेरबहादुर देउवाको समूहबाट सभापतिमा कृष्ण यादवले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

विमलेन्द्र निधिको समूहबाट रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिएका छन् । रामसरोजले प्यानल बनाएका छन् । रामसरोज पनि बलिया सभापतिका उम्मेदवार हुन् ।

प्रदेश सरकारका मन्त्री समेत रहेका रामसरोज सभापतिमा बलियो उम्मेदवार हुन् । निधिका कारण रामसरोजलाई धक्का लाग्ने पक्का छ ।

शेखर कोइरालाले सभापतिमा उम्मेदवार नपाएपछि निधिका सभापतिका उम्मेदवार रामसरोजलाई समर्थन गरेका छन् ।

सभापतिमा कृष्ण बलियो अवस्थामा देखिएका छन् । कृष्णलाई देउवाका साथै नेता कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरूको समर्थन छ ।

बुधबार मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा ढिलाइ भएपछि बिहीबार बिहान मतदान सारिएको थियो । मतदानमा प्रदेश नं. २ का ८ जिल्लाका महाधिवेशन प्रतिनिधिहरू उपस्थित रहेका छन् ।

Published : Thursday, 2021 December 23, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया