कांग्रेसको केन्द्रीय सदस्य जनजाती ८ तर्फ को–को अगाडि ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य आदिवासी जनजातीतर्फ ८ पदको प्राम्भीक नतिजा सार्वजनिक भएको छ ।

मंगलबार राति सार्वजनिक भएको प्रारम्भीक नतिजामा चिनकाजी श्रेष्ठ, टेकबहादुर गुरुङसहितका नेताहरूले अग्रता लिएका छन् ।

४०४ मतगणना हुँदा चिनकाजी श्रेष्ठले २२१ मत प्राप्त गरेका छन् । उमेश श्रेष्ठले २१० मत प्राप्त गरेका छन् ।

टेकबहादुर गुरुङले २०१ मत प्राप्त गरेका छन् । बहादुरसिंह लामाले १९४ मत प्राप्त गरेका छन् ।

दिलमान पाख्रिनले १८७, तारामान गुरुङले १७४, आङ्गेलु शेर्पाले १७४, ओमबहादुर घर्ती थापाले १६२, टेकप्रसाद गुरुङले १३४, महादेब गुरुङले १२५ मत पाएका छन् ।

जितनारायण श्रेष्ठले १०६, नगेन्द्र कुमालले ९८, तुलसी सुब्बाले ९६, वीरबहादुर रानाले ९४, नरबहादुर पुनले ८८, नरेन्द्रकुमार केरुङ्गले ८२, आङ्गछिरिङ्ग शेर्पाले ३९, नवराज गुरुङले ३२ र आदित्यप्रकाश प्रधानले ३० मत पाएका छन् ।

Published : Tuesday, 2021 December 21, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया