कांग्रेस केन्द्रीय सदस्यमा अजयले पाए लोकप्रिय मत, विनोदसहित मधेशीतिर को–को निर्वाचित ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशी खुलातर्फ पाँच जना नेताहरू निर्वाचित भएका छन् ।
मंगलबार बिहान सार्वजनिक भएको नतिजाअनुसार सबैभन्दा धेरै मतसहित अजय चौरसिया केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ४६६७ मतगणना हुँदा चौरसियाले २५२२ मत पाएका छन् ।
दोस्रो नम्बरमा २२०६ मतसहित विनोद चौधरी विजयी भएका छन् । तेस्रो नम्बरमा चन्द्रमोहन यादव २१३८ मतसहित निर्वाचित भएका छन् ।
चौथो नम्बरमा महेन्द्रकुमार रायले १९८४ र पाँचौँ नम्बरमा दिनेशकुमार यादवले १९५९ मतसहित निर्वाचित भएका छन् ।
पाँचमध्ये ४ जना सभापति शेरबहादुर देउवाको समूहबाट निर्वाचित भएका छन् । चन्द्रमोहन यादव सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट निर्वाचित भएका छन् ।

Published : Tuesday, 2021 December 21, 1:57 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया