कांग्रेस केन्द्रीय सदस्यमा अजयले पाए लोकप्रिय मत, विनोदसहित मधेशीतिर को–को निर्वाचित ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशी खुलातर्फ पाँच जना नेताहरू निर्वाचित भएका छन् ।

मंगलबार बिहान सार्वजनिक भएको नतिजाअनुसार सबैभन्दा धेरै मतसहित अजय चौरसिया केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ४६६७ मतगणना हुँदा चौरसियाले २५२२ मत पाएका छन् ।

दोस्रो नम्बरमा २२०६ मतसहित विनोद चौधरी विजयी भएका छन् । तेस्रो नम्बरमा चन्द्रमोहन यादव २१३८ मतसहित निर्वाचित भएका छन् ।

चौथो नम्बरमा महेन्द्रकुमार रायले १९८४ र पाँचौँ नम्बरमा दिनेशकुमार यादवले १९५९ मतसहित निर्वाचित भएका छन् ।

पाँचमध्ये ४ जना सभापति शेरबहादुर देउवाको समूहबाट निर्वाचित भएका छन् । चन्द्रमोहन यादव सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट निर्वाचित भएका छन् ।

Published : Tuesday, 2021 December 21, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया