कांग्रेसको केन्द्रीय सदस्य खुला थारुतिर यी दुई नेताले जित्ने पक्का
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य थारु खुलातर्फ रामजनम चौधरी र योगेन्द्र चौधरीको जित सुनिश्चित जस्तै बनेको छ ।
ललितपुरको सानेपामा मंगलबार जारी मतगणनाअनुसार २८ सय मतगणना भएको छ । झण्डै दोब्बर मतले अग्रता लिइरहेका रामजनम र योगेन्द्रले केन्द्रीय सदस्यमा जित्ने पक्का जस्तै रहेको छ ।
२८ सय मतगणना हुँदा रामजनम चौधरीले १५११ मतसहित अग्रता लिइरहेका छन् ।
योगेन्द्र चौधरीले १३३० मतका साथ अग्रता लिइरहेका छन् ।
बद्री चौधरीले ९५४ र साजन चौधरीले ८५७ मतका साथ पछ्याइरहेका छन् ।
प्रतिस्पर्धामा रहेका अरु नेताहरू धेरै पछाडि छन् । सबैभन्दा धेरै मतका साथ अग्रता लिइरहेका रामजनम चौधरी र योगेन्द्र चौधरी सभापति शेरबहादुर देउवाको टिमबाट केन्द्रीय सदस्य थारुको खुलातर्फ उम्मेदवारी दिएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया