कांग्रेसको केन्द्रीय सदस्यमा आरजुले कति मत पाइन् ? जित्ने ९ जनाभित्र यी नेतृहरू परे
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद आरजु राणा १११६ मतसहित तेस्रो नम्बरमा छिन् ।
सोमबार ललितपुरमा जारी मतगणनाअनुसार राणाले १११६ मत पाएकी हुन् । पछिल्लो पटक प्राप्त नतिजाअनुसार हालसम्म २०६५ मतगणना भएको छ ।
कांग्रेसको केन्द्रीय सदस्य महिला ९ जना खुलातर्फ राणाले उम्मेदवारी दिएकी थिइन् ।
१२६८ मतका साथ डिला संग्रौला पन्त पहिलो नम्बरमा छिन् । दोस्रो नम्बरमा पुष्पा भुसाल ११९६ मतका साथ अगाडि छिन् ।
अम्बिका बस्नेतले ९९८ मत पाएकी छिन् । ईश्वरी न्यौपानेले ९८५ मत पाएकी छिन् । सरिता प्रसाइँले ९४९ मत पाएकी छिन् ।
रमा कोइरालाले ८१३ मत पाएकी छिन् । सुशीला ढकाल आचार्यले ७९४ मत पाएकी छिन् । रङमती शाहीले ७८० मत पाएकी छिन् । अनिता देवकोटाले ७७४ मत पाएकी छिन् ।
९ जना महिला खुला केन्द्रीय सदस्यका लागि ३० जना महिला नेताहरू प्रतिस्पर्धामा छन् ।
प्रतिस्पर्धामा अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, आम्बिका शर्मा लामिछाने, अम्बिका बस्नेत, आरजु राणा, ईश्वरी न्यौपाने, उमा दाहाल, उषाकुमारी राउत, कल्पना अधिकारी, किरण कोइराला र गौरीकुमारी श्रेष्ठ रहेका छन् ।
जमुना ढकाल, डिला संग्रौला पन्त, तुलसा पन्त, धन खतिवडा, नम्रता बराल, पुष्पा भुषाल, बासना थापा, बिजुला बर्मा राणा, मोदती केसी, रंगमती शाही, रमा कोइराला पौडेल, रीता दवाडी, रुक्मिणीदेवी कोइराला, शान्ति कार्की, सुशीला ढकाल आचार्य, सरिता प्रसाइँ, सावित्री बोगटी पाठक र सीतादेवी देवकोटा पाण्डे प्रतिस्पर्धामा छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया