यी २० जना उप–सचिवहरू सह–सचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल सरकारको रिक्त सह–सचिवका लागि २० जना उप–सचिव बढुवाका लागि सिफारिस भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले २० जना उप–सचिवलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि समितिको आइतबार बसेको निर्णयले उनीहरूको सिफारिस गरेको छ ।

नेपाल प्रशासन सेवा, राजपत्र प्रथम श्रेणीको पहिलो नम्बरमा बढुवाका लागि दीपक घिमिरे सिफारिस भएका छन् ।

बढुवा समितिले नारायणप्रसाद सापकोटा, बलराम निरौला, बेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ सिफारिसमा परेका छन् ।

गोपालकुमार अधिकारी, टुकराज पोख्रेल, वासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित र दीपक लामिछाने बढुवा सिफारिसमा परेका छन् ।

लेखा परीक्षण सेवातर्फ पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठ सिफारिस भएका छन् ।

Published : Monday, 2021 December 20, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया