तरुण र नेविसंघका पूर्वअध्यक्षहरू कांग्रेसमा लोकप्रिय मतसहित निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्षहरू निर्वाचित भएका छन् ।

आइतबार साँझा सार्वजनिक भएको अन्तिम नतिजाअनुसार तरुण दलका पूर्वअध्यक्ष उदयशम्शेर राणा लोकप्रिय मतसहित निर्वाचित भएका हुन् । राणाले २८४३ मत पाएका छन् । उनको मत चौथो नम्बरमा छन् ।

ललितपुर जिल्ला निवासी राणा पूर्वसांसद र पूर्व अर्थ राज्यमन्त्री पनि हुन् ।

नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले २४६७ मत पाएका छन् । डडेल्धुरा जिल्ला निवासी महर कांग्रेसमा लोकप्रिय मत पाउने युवा नेताहरूमध्येका एक हुन् ।

Published : Sunday, 2021 December 19, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया