तरुण र नेविसंघका अध्यक्षहरूको कांग्रेसमा शानदार जित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)का बहालवाला अध्यक्षहरू निर्वाचित भएका छन् ।

आइतबार साँझ सार्वजनिक भएको अन्तिम नतिजाअनुसार तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेविसंघका अध्यक्ष राजिव ढुंगाना निर्वाचित भएका हुन् ।

उनीहरू दुबै जना सभापति शेरबहादुर देउवाको टिमबाट ३५ जना केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवार बनेका थिए ।

तरुण दलका अध्यक्ष बस्नेतले २५५७ मत पाएका छन् । नेविसंघका अध्यक्ष ढुंगानाले १८९६ मत पाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि बस्नेत र ढुंगानाले पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । पहिलो पटक नै उनीहरू शानदार मतसहित कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

Published : Sunday, 2021 December 19, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया