यी हुन् शानदार मतसहित कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित ३५ सदस्यहरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फ ३५ जनाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

आइतबार साँझ पौने सात बजे पार्टी मुख्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिले निर्वाचन भएका ३५ जना केन्द्रीय सदस्यहरूको नाम र प्राप्त मतपरिणाम सार्वजनिक गरेको हो । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

टप फाइममा शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा र रामहरि खतिवडा परेका छन् । उनीहरू लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरूमा निर्वाचित हुनेमा शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर रहेका छन् ।

त्यसैगरी, सुनिलबहादुर थापा, रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, सञ्जयकुमार गौतम पनि निर्वाचित भएका छन् ।

गोविन्दराज पोखरेल, राजिव ढुंगाना, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, गोपाल दाहित, कृष्णकिशोर घिमिरे र मोहन आचार्य पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा अधिकांश केन्द्रीय सदस्यहरू सभापति शेरबहादुर देउवाको प्यानलका छन् ।

नेता कृष्णप्रसाद सिटौलाको समूहबाट कुन्दनराज काफ्ले निर्वाचित भएका छन् ।

सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट दीपक गिरी, गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, पद्मनारायण चौधरी, अजय शिवाकोटी, दिनेश कोइराला, बलबहादुर केसी, रामशरण महत, अर्जुन नरसिंह केसी, दिलेन्द्रप्रसाद बडू रहेका छन् ।

Published : Sunday, 2021 December 19, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया