कांग्रेसका यी ३५ नेताहरू सुरक्षित जोनमा, टप फाइभमा रामहरि उक्लिए

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणनामा शशांक कोइरालासहितका नेताहरूले अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडेटअनुसार दोस्रो नम्बरमा एनपी साउद छन् । अहिलेसम्म ३५९५ मतगणना भएको छ ।

तेस्रो नम्बरमा बालकृष्ण खाण, चौथो नम्बरमा उदयशम्शेर राणा र पाँचौँ नम्बरमा रामहरि खतिवडा रहेका छन् । उनीहरूले लोकप्रिय मत पाएका छन् ।

३५ जना केन्द्रीय सदस्यतर्फ रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महरले राम्रो मत लिएर आफ्नो सिट सुरक्षित बनाएका छन् ।

सुनिलबहादुर थापा, रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पदमनारायण चौधरी, गुरु बराल, राजिव ढुंगाना, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य पनि सुरक्षित भएका छन् ।

अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मोहन आचार्यले ३५ जना केन्द्रीय सदस्यतर्फ आफ्नो सिट सुरक्षित बनाएका छन् ।

Published : Sunday, 2021 December 19, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया