कांग्रेस केन्द्रीय सदस्यको नतिजा अन्तिम चरणमा, कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको २९९३ मत गणना भएको छ ।

सवा तीन बजे केन्द्रीय निर्वाचन समितिद्वारा दिइएको सूचनाअनुसार २९९३ मतको गणना भएको छ ।

शशांक कोइरालाले २४४२ मतसहित एक नम्बरमा स्थान बनाइराखेका छन् । बालकृष्ण खाणले १८५१ मत पाएका छन् । रामहरि खतिवडाले १७७० मत पाएका छन् । ज्ञानेन्द्रबहादुर कार्कीले १७४६ मत पाएका छन् । सुरेन्द्रराज पाण्डेले १४१० मत पाएका छन् । सुनिलबहादुर थापाले १५६६ मत पाएका छन् ।

सञ्जयकुमार गौतमले १२१९, वीरेन्द्रकुमार कनौडियाले १०४४, शंकर भण्डारीले ११७१, राजिव ढुंगानाले ११७८, रामशरण महतले १५७७, रमेश लेखकले १७८२, मोहनबहादुर बस्नेतले १५२४ मत पाएका छन् ।

मदनबहादुर अमात्यले ११५९, बलबहादुर केसीले १५३८, मंगलप्रसाद थारुले १०२४, मनोजमणि आचार्यले १०५५, मोहनप्रसाद आचार्यले ११२६, अजयबाबु सिवाकोटीले ११३३, अर्जुन नरसिंह केसीले १७१०, एनपी साउदले १८९६, उदयशम्शेर राणाले १८०८ मत पाएका छन् ।

कुन्दनराज काफ्लेले १४३६, कृष्णकिशोर घिमिरेले ११००, गणेश लामाले ११३४, गोपाल दहितले १११८, गोविन्द भट्टराईले १५२४, गोविन्दराज पोखरेलले ११९१, जिपछिरिङ लामाले १६७४, दीपक गिरीले १४४८, दिलेन्द्रप्रसाद बडुले १५४८ पदमनारायण चौधरीले १३७७ मत पाएका छन् ।

Published : Sunday, 2021 December 19, 4:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया