शेखरद्वारा कांग्रेसभित्र गुट चलाउने घोषणा, युवाहरू निराश
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा पराजित भएका नेता शेखर कोइरालाले पार्टीमा गुट चलाउने घोषणा गरेका छन् ।
१४औँ महाधिवेशनमा गुट र भागबण्डाको राजनीति अन्त्य गर्ने भनेर सभापति पदमा मत मागेका कोइरालाले गुट चलाउने जनाएका हुन् ।
सभापतिमा पराजित भएको एक हप्ता नपुग्दै कोइरालाले गुट चलाउने भनेर घोषणा गरेका हुन् । गुट चलाएपछि भागबण्डामा बागर्नेनिङ गर्ने कोइरालाले संकेत गरेका छन् ।
‘मैले गुट चलाउनु प¥यो नि ? मैले भोलि हाम्रा युवाहरूलाई अगाडि ल्याउनको लागि पनि मैले गुट बनाएर हिँड्नु पर्यो’, इमेज टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले भनेका छन् ।
‘माग्नु पर्दैन । स्थानीय तह, प्रदेश केन्द्रमा लायक रहेका साथीहरू हुनु होला । तिनले टिकट पाउँछ कि पाउँदैन ? कि धनाढ्यहरूले मात्रै टिकट पाउँछन् ? त्यो हेर्न जरुरी छ अब’, कोइरालाले भनेका छन् ।
गगन थापाका कारण युवाहरूले कोइरालालाई सभापतिमा समर्थन गरेका थिए । तर, कोइरालाको गुट चलाउने घोषणाले युवाहरू निराश बनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया