यी तीन युवाले केन्द्रीय सदस्यमा जित्ने पक्का, तरुण र नेविसंघका अध्यक्षहरूको के छ अवस्था ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा जितजंग बस्नेत, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र राजिव ढुंगाना विजयीतिर लम्किएका छन् ।

२३ सय ९३ मत गणना हुँदा बस्नेतले १२८३ मत पाएका छन् । महरले १२८३ मत पाएका छन् । ढुंगानाले ९३५ मत पाएका छन् ।

कांग्रेसको केन्द्रीय सदस्य ३५ खुलातार्फ उनीहरूले उम्मेदवारी दिएका थिए ।

बस्नेत नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष हुन् । महर नेविसंघका पूर्वअध्यक्ष हुन् । ढुंगाना नेविसंघका केन्द्रीय अध्यक्ष हुन् ।

युवाहरूले कांग्रेसभित्र कब्जा जमाइरहेका बेला खुलाबाट प्रतिस्पर्धा गरेर बस्नेत, महर र ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित हुने पक्का सरह छ ।

Published : Sunday, 2021 December 19, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया