कांग्रेसको खुला केन्द्रीय सदस्यको टप टेनभित्र छिरे रामहरि खतिवडा, अरु को–को परे ?
काठमाडौं । नेपाली कांग्रेसको ३५ जना केन्द्रीय सदस्य खुलातर्फको पछिल्लो मत परिणामअनुसार रामहरि खतिवडा टपटेनभित्र परेका छन् ।
४ बजेर ४० मिनटमा सार्वजनिक भएको मत परिणामअनुसार खतिवडाले ५८९ मत पाएका छन् । खतिवडा सातौँ नम्बरमा छन् ।
पहिलो नम्बरमा शशांक कोइराला रहेका छन् । कोइरालाले ८१४ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका एनपी साउद ६३१ मत पाएका छन् ।
तेस्रो नम्बरमा शंकर भण्डारी छन् । भण्डारीले ५९८ मत पाएका छन् ।
५९६ मतसहित बालकृष्ण खाण चौथो नम्बरमा छन् । पाँचौँ नम्बरमा रमेश लेखक छन् । लेखकले ५९६ मत पाएका छन् । छैठौँ नम्बरमा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ५९५ मत पाएका छन् ।
आठौँ नम्बरमा रहेका अर्जुन नरसिंह केसीले ५८६ मत पाएका छन् । नवौँ नम्बरमा रहेका उदयशम्शेर राणाले ५८२ मत पाएका छन् । १०औँ नम्बरमा गोपालमान श्रेष्ठ छन् । श्रेष्ठले ५४३ मत पाएका छन् ।
मोहनबहादुर बस्नेत ४७१ मतसहित २०औँ नम्बरमा छन् । दीपक गिरी ४६२ मतसहित २१औँ नम्बरमा छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया