कांग्रेसको खुला केन्द्रीय सदस्यमा शशांक, रामहरिसहित कसले कति पाए मत ? शून्यमा खड्का

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूको खुला ३५ तर्फको प्रारम्भीक नतिजा सार्वजनिक भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी मतगणनामा नाम चलेका नेताहरूले अग्रता लिएका छन् । एक सय मतको नतिजा सार्वजनिक भएको छ ।

शशांक कोइरालाले ८२, रामहरि खतिवडाले ६०, शंकर भण्डारीले ६४, सुनिलबहादुर थापाले ४८, अर्जुन नरसिंह केसीले ५७, उदयशम्शेर राणाले ५६, एनपी साउदले ६३, कुन्दनराज काफ्लेले ४१, गणेश लामाले ४०, गुरु बरालले ४३ मत पाएका छन् ।

गोपालमान श्रेष्ठले ५६, गोविन्द भट्टराईले ५५, जितजंग बस्नेतले ५०, जिपछिरिङ लामाले ५५, दीपक गिरीले ४४, दिलेन्द्रप्रसाद बडुले ५३, नैनसिंह महले ४६, पदमनारायण चौधरीले ५०, बलबहादुर केसीले ५५, बालकृष्ण खाणले ६३, मोहनबहादुर बस्नेतले ४८, रमेश लेखकले ६० डा.रामशरण महतले ५७ मत पाएका छन् ।

सुरेन्द्रराज पाण्डेले ४८, ज्ञानेन्द्रबहादुर कार्कीले ६०, राजिव ढुंगानाले ३५, मदनबहादुर अमात्यले ३६, अजयबाबु शिवाकोटीले ३५, उमेशजंग रायमाझीले ३०, केदार कार्कीले ३३, डा.गोपाल दहितले ३६, डा.गोविन्दराज पोखरेलले ३५, दिनेश कोइरालाले ३८, मनोनमणि आचार्यले ३२, यज्ञबहादुर थापाले ३३, मंगलप्रसाद थारुले ३०, मोहनप्रसाद बरालले ३१, मोहन आचार्यले ३१, राजेन्द्र बगजाइँले २८ मत पाएका छन् ।
केन्द्रीय सदस्य मनोज खड्काले शून्य मत पाएका छन् ।

Published : Saturday, 2021 December 18, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया