कांग्रेसको केन्द्रीय सदस्यमा सिंह ५२१ मतअन्तरले निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह निर्वाचित भएका छन् ।
शुक्रबार अबेर राति आएको अन्तिम नतिजाअनुसार सिंहले आफ्ना प्रतिद्वन्द्वी दीपकजंग शाहलाई ५२१ मतअन्तरले पराजित गरेको केन्द्रीय निर्वाचित समितिले जनाएको छ ।
केन्द्रीय सदस्यमा निर्वाचित सिंहले २५७७ मत पाएका छन् । पराजित शाहले २०५६ मत पाएका छन् । ४६७२ मत खसेको थियो । ३९ मत बदर भएको थियो ।
सिंह सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए । शाह सभापतिमा पराजित शेखर कोइरालाको समूहका उम्मेदवार हुन् ।
Published : Saturday, 2021 December 18, 8:36 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया