कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा निर्वाचित, दोब्बर मत पाइन्
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छिन् ।
शुक्रबार राति आएको नतिजाअनुसार सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेकी यादव केन्द्रीय सदस्यमा निर्वाचित बनेकी हुन् ।
चित्रलेखा यादव आफ्नी प्रतिद्वन्द्वी गीतादेवी यादवलाई ८४६ मतको अन्तरले पराजित गरेकी छिन् । गगनकुमार थापाले महामन्त्रीमा आफ्ना प्रतिद्वन्द्वीलाई धेरै मतले पराजित गरेका थिए ।
चित्रलेखाले प्रदेश २ को भूगोलको महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् ।
चित्रलेखाले २७३१ मत पाएकी छिन् । निकटतम प्रतिस्पर्धी शेखर कोइराला समूहबाट उम्मेदवार बनेकी गीता यादवले १८८५ मत मात्र पाएकी छिन् । ४६६२ मत खसेको थियो ।
केन्द्रीय सदस्य पदमा चित्रलेखा यादव निर्वाचित भएर केन्द्रीय सदस्यमा देउवा समूहले खाता खोलेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया