देउवालाई पदाधिकारीमा बहुमत

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा पदाधिकारीमा बहुमतमा देखिएका छन् ।

शुक्रबार सह–महामन्त्रीको अन्तिम नतिजा आएसँगै देउवा पदाधिकारीमा बहुमतमा देखिएका हुन् । कोषाध्यक्ष बाहेक कांग्रेसमा १३ जना पदाधिकारी छन् । देउवालाई बहुमत देखिए पनि काम गर्न चुनौती र कठिनाइ छन् ।

पदाधिकारीमा दुई जनाबाहेक सबै नयाँ अनुहार छन् । सभापति देउवाले विधानअनुसार कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्न पाउनेछन् ।

सभापति देउवा, उप–सभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ छन् । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा छन् ।

सह–महामन्त्रीहरूमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी छन् ।

सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट उप–सभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा तथा सह–महामन्त्री बद्री पाण्डे र जीवन परियार हुन् । सभापतिमा पराजित प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा पदाधिकारी छन् ।

देउवा समूहबाट सह–महामन्त्रीमा निर्वाचित उमाकान्त चौधरी नेता कृष्णप्रसाद सिटौला निकटका हुन् । अरु सबै देउवा निकटका पदाधिकारी हुन् ।

यी पदाधिकारीमध्ये देउवा र खड्का यसअघि पदाधिकारीमा थिए । अरु सबै नयाँ हुन् ।

कांग्रेसको १३ औं महाधिवेशनमा कांग्रेस पदाधिकारी ८ सदस्यीय थियो । सभापति, २ उप–सभापति, २ महामन्त्री, २ सह–महामन्त्री र कोषाध्यक्ष पदाधिकारी थिए ।

Published : Friday, 2021 December 17, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया