गगनकै शैलीमा सह–महामन्त्रीमा आङ्देम्बेले रेकर्ड बनाएर जिते

काठमाडौं । नेपाली कांग्रेसको सह–महामन्त्रीको भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

२१९ मत गन्न बाँकी हुँदै आङदेम्बे सह–महामन्त्रीमा विजयी भएका हुन् । उनी आदिवासी जनजातीतर्फबाट सह–महामन्त्रीमा उम्मेदवार बनेका थिए ।

सह–महामन्त्रीमा विजयी भएका आङदेम्बे सभापति शेरबहादुर देउवाको टिमबाट उम्मेदवार बनेका थिए ।

आङ्देम्बेले प्रतिद्वन्द्वी विकाश लामालाई पराजित गरेका छन् । लामा सभापतिमा पराजित शेखर कोइराला समूहबाट सह–महामन्त्रीमा उम्मेदवार बनेका थिए ।

४६८१ मत खसेकोमा ४४६२ मत गणना हुँदा आङ्दाङ्वे २५७८ मत ल्याएका छन् । लामाले १८२५ मत ल्याएका छन् । आङ्देम्बे २१९ मत गन्न बाँकी रहँदै विजयी भएका छन् । बाँकी मत गन्न बाँकी हुँदा पनि आङ्देम्बेले ७५३ को अन्तर बनाएका थिए । बाँकी मत लामालाई थपिदिँदा पनि आङ्देम्बेलाई जित्न सक्दैनन् ।

गगन थापाले महामन्त्रीमा अत्याधिक मतसहित निर्वाचित भएका थिए । उनी पनि मत गणना सकिनुभन्दा अगाडि नै विजयी भएका थिए ।

Published : Thursday, 2021 December 16, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया