शेखरले खाता खोलेपछि कांग्रेसका सबै डाक्टरहरूको दशा बिग्रियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा डाक्टर उपाधि पाएका नेताहरू पराजित भएका छन् ।

सभापति र पदाधिकारीमा उम्मेदवार बनेका सबै ‘डाक्टर’ नेताहरू पराजित भएका छन् । बरु डाक्टर नभएका तर, लोकप्रिय नेताहरू विजयी भएका छन् ।

पराजित हुनेमा सभापतिका उम्मेदवार डा.शेखर कोइराला पहिलो नम्बरमा छन् । शेखर पराजित भएर डाक्टरहरूको पराजयको खाता खोलेका थिए ।

उप–सभापतिका उम्मेदवार डा.चन्द्र भण्डारी पनि परातिज भएका छन् । भरखरै डाक्टर बनेका भण्डारी नराम्रोसँग पराजित भएका छन् ।

पराजित हुनेमा महामन्त्रीका उम्मेदवारहरू डा.प्रकाशशरण महत, डा.मीनेन्द्र रिजाल, डा.राजाराम कार्की रहेका छन् ।

कांग्रेसमा डाक्टरहरू पराजित भएपछि उनीहरूले कार्यकर्ताको मन जित्न नसकेको भनेर चर्चा भएको छ ।

कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार बनेका धेरै डाक्टरहरूको पनि पराजय हुने निश्चित जस्तै छ ।

हुन् त चितवनमा एमालेको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका डा.भीम रावल पराजित भएपछि डाक्टरहरूको पराजय चितवनबाट शुरु भएको थियो ।

Published : Thursday, 2021 December 16, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया