विश्वप्रकाशले प्रकाशमानसँग आशीर्वाद लिए, चाक्सीबारीको गुन सम्झिए

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहसँग भेट गरेर आशीर्वाद लिएका छन् ।

शर्मा बिहीबार साँझ चाक्सीबारीमा पुगेर नेता सिंहलाई भेट गरेका हुन् । शर्मा आफ्नो निवासमा आएको थाहा पाएपछि नेता सिंह र उनकी पत्नी सिर्जना सिंहसहितका नेता कार्यकर्ताले बाहिर आएर स्वागत गरेका थिए ।

नेता सिंहले शर्मालाई राजनीतिक उचाइँमा अझै अगाडि बढ्न शुभकामना दिएका छन् । उनले शर्मालाई महामन्त्रीमा निर्वाचित भएकोमा बधाइ पनि दिएका छन् ।

नेता सिंहले शर्मालाई विजयी बनाउन मतदान गर्ने कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई पनि धन्यावाद दिएका छन् ।

नेता सिंहको टिमबाट शर्मा महामन्त्री पदमा उम्मेदवार बनेका थिए । शर्माले महामन्त्री पदमा दोस्रो लोकप्रिय मत पाएर निर्वाचित भएका थिए ।

महामन्त्रीमा निर्वाचित हुनेवित्तिकै शर्मा काठमाडौंको सुन्दरीजलस्थित वीपी संग्राहलय पुगेका थिए । सुन्दरीजलबाट शर्मा सिधै नेता सिंहलाई भेट्न चाक्सीबारी पुगेका हुन् ।

नेता सिंह सभापतिमा आफू पराजित भएर शर्मालाई महामन्त्री पदमा विजयी बनाएका छन् ।

Published : Thursday, 2021 December 16, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया